8 years ago
May 29, 2017
काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले पश्चिमाञ्चललाई डकवर्थ लेविस पद्दतिका आधारमा १६ रनले पराजित गर्दै २ अंक हात पार्यो। पहिलो इनीङमा ३७ ओभर खेलेपछि वर्षाबाधक बनेपछि दोश्रो इनिङ्सको खेलमा २० ओभरमात्र सम्भव हुने भयो। खेल पुन: सुरु भएपछि पश्चिमाञ्चलले १४८ रनको लक्ष्य पायो।
दोश्रो इनिङको छैटौं ओभरको अन्तिम २ बलमा एपीएफका कप्तान ज्ञानेन्द्र मल्लले लगातार २ विकेट लिएपछि पश्चिमाञ्चल २२/४को स्थितिमा रहेको थियो। शीर्ष ४ ब्याट्सम्यानलाइ गुमाइसकेको स्थितिमा पश्चिमाञ्चलको लागि जितको लागि अप्रत्याशित पारीको खाँचो थियो। त्यस्तैमा छैटौं नम्बरमा ब्याटिङ गर्न पश्चिमाञ्चलका लागि अलराउण्डर सौरभ खनाल मैदानमा आए। ४९ बलको सामना गर्दै ३ चौका र ११ छक्काको मद्दतले ९० रन बनाएका खनाल खेलको म्यान अफ द म्याच घोषित भए।
वर्षाका कारण दोश्रो पारीमा २० ओभर मात्र सम्भव हुने भनिएपनि पुन: वर्षा आएको खण्डमा खेल रद्द हुने पक्काजस्तै थियो। टि.यु. मैदानको पश्चिमतिर कालो बादल मडारीदै गरेको देखेपछि कप्तान ज्ञानेन्द्र मल्लले छैटौं ओभरदेखि लगातार स्पिन बलरहरुलाई बलिङमा ल्याए। स्पिनरहरु सन्दिप जोरा, भुवन कार्की र कप्तान ज्ञानेन्द्र आफैंले ४/४ ओभर गरेको खेलमा अनिल साहले पनि ३ ओभर फ्याँकेका थिए। कारण थियो सकेसम्म चाँडो २० ओभर सकेर वर्षालाइ बाधक हुन नदिने। कप्तान ज्ञानेन्द्रको यो नीतिले सफलता त पायो तर एक समय एपीएफलाई पनि सौरभ खनालको अभूतपूर्व पारीले छाँगाबाट खसाल्यो। विशेषत पेस बलर अभिनाश बोहोरालाई, जसको अन्तिम ओभरमा सौरभले ५ छक्का प्रहार गरेका थिए।
लगातार विकेट लिएका ज्ञानेन्द्र मल्लको बलमा छक्का प्रहार गर्दै खेलमा खाता खोलेका सौरभले आफ्नो पारीको सुरुवातमा स्पिनर विरुद्ध सम्हालिएर खेलेका थिए। तर खेल चल्दै जाँदा अर्को तर्फ विकेट झर्दै गएपछि सौरभले आक्रामक ब्याटिङ गर्ने निर्णय लिए। एक समय १० बलमा ६ रन जोडेका सौरभले कप्तान ज्ञानेन्द्रले उनलाई गरेको तीनओटै ओभरमा छक्का प्रहार गरेका थिए।
३६औं बलमा सिङ्गल लिंदै अर्धशतक पुरा गरेका सौरभले आफ्नो पारीमा कुल ११ छक्का प्रहार गरेका थिए। उनले प्राय लङ अनको दिशामा लामो सट खेलेका थिए। खेलको १९औं ओभरमा अभिनाश बोहोरालाई ५ छक्का प्रहार गर्दै ३० रन जोडेपछि सौरभले पश्चिमाञ्चललाई अविश्वसनीय जितको नजिक पुर्याएका थिए। राष्ट्रिय क्रिकेटमा एकै ओभरमा प्रहार गरेको रनका आधारमा यो सर्वाधिक दोश्रो ठुलो ओभर रह्यो। वि.सं. २०६०मा राजु खड्काले एकै ओभरमा ३१ रन बनाएका थिए।
जितका लागि २७ रन चाहिएको स्थितिमा अन्तिम ओभरमा अनिल साहले १० रनमात्र खर्चेपछि सौरभको शतक बनाउने धोको र पश्चिमाञ्चलको जित दर्ता गर्ने आशा दुवै असफल रहे। खनालले आफुले खेलेको अन्तिम १० बलमा ३८ रन बनाएका थिए।
अविजित रहेका सौरभले खेलपछि आफुले आक्रमक ब्याटिङ गर्नुको विकल्प नरहेकाले यस्तो पारी खेलेको बताए। “हाम्रो मुख्य विकेट झरिसकेको र लक्ष्य पनि धेरै रहेकोले मैले आक्रामक ब्याटिङ गर्ने निर्णय लिएको थिएँ। ब्याटमा बल पनि राम्रोसँग आइरहेको थियो र मेरो सट छनोट पनि एकदम राम्रो रह्यो। हामीलाई एपीएफसँग केहि दबाव नभएकाले मैले खुलेर खेलें।”
वर्षाका कारण खेल छोटीएपनि टोलीलाई फरक नपरेको उनि बताउँछन्। “एपीएफ हामीभन्दा स्तरीय टोली हो। ५० ओभरकै खेल भएको भए हामीले २३० हाराहारीको लक्ष्य पाउथ्यौं जुन निकै कठिन हुने थियो। २० ओभरमा खेल घटेपछि पनि लगभग समिकरण उही थियो। तर हाम्रो माथिल्लो श्रेणीका ब्याट्सम्यान चल्न नसकेपछि हाम्रो हातबाट खेल फुत्कियो।”
प्रतियोगिताका अन्य खेलमा भने टोलीले अझै राम्रो प्रदर्शन गर्ने उनले बताए। “हामीले पहिलो खेल हारेका छौँ तर बाँकी २ खेल हाम्रो लागि निकै महत्वपूर्ण हुनेछ। हामी सेमिफाइनलमा पुग्ने लक्ष्य सहित यहाँ आएका हौँ र त्यो पुरा गर्न हामी बाँकी दुई खेल जित्ने प्रयास गर्नेछौँ।”
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]