default_image

8 years ago

May 28, 2017

खेलाडीसँगको नयाँ सहमति पछि एपिएफले प्रधानमन्त्री कप खेल्ने

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विभागिय टोलीमध्येको एक शसस्त्र प्रहरी बल (एपिएफ) ले नयाँ नीति लिएपछि त्यसमा आबद्ध केही खेलाडीले क्लब छोड्नु पर्ने अवस्थामा पुगेका छन् । जसमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कादेखि बसन्त रेग्मी, शक्ति गौचनजस्ता स्टार खेलाडी समेत परेका छन् ।

फाइल तस्बिर

कप्तान पारस अहिले अमेरिका भ्रमणमा छन् भने उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले एपिएफको नेतृत्व सम्हाल्ने भएका छन् । एपिएफले पछिल्लो पटक पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा क्रिकेटमा स्वर्ण पदक जितेको थियो । पछिल्लो पटक चैतमा करारमा रहेको सबै खेलाडीको सम्झौता सकिएपछि एपिएफले नयाँ सम्झौता गरेको छैन । जसका कारण एपिएफले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप एक दिवसिय क्रिकेटमा खेल्ने नखेल्नेमा दुविधा थियो ।

खेलाडी र क्लबबीच अर्को सहमति बनेपछि कम्तीमा यो प्रतियोगितासम्म एपिएफलाई स्टार खेलाडीको साथ रहनेछ । प्रधानमन्त्री कपमा जित्ने पुरस्कार रकम सबै खेलाडीलाई नै वितरण गर्न सहमति बनेपछि करार सकिएका खेलाडी पनि खेल्न राजी भएका छन् । ‘विगतमा पुरस्कार राशीको ३० प्रतिशत रकम क्लबमा दिनुपर्ने थियो ’एपिएफका एक उच्च अधिकारीले भने, ‘तर, यसपटक हामीले सतप्रतिशत रकम नै खेलाडीलाई वितरण गर्ने सहमति गरेका छौं ।’ सरकारी बजेट र आन्तरिक श्रोतबाट अपुग देखिएपछि एपिएफले करारमा खेलाडी नराख्ने निष्कर्षमा पुगेको ती अधिकारीले बताए । ‘खेलकुद प्रतिको हाम्रो लगावमा कमी आएका कारण होइन । परिस्थितिका कारण हामी यो निर्णय गर्नु पर्ने अवस्थामा आइपुग्यौं’ उनले भने, ‘भोलीका दिनमा प्रायोजक पायौं भने फेरी करारमा पनि राख्न सक्छौं । तर, अहिलेको नीति अनुसार करारमा खेलाडी राखिने छैन ।’

ती अधिकारीका अनुसार विभिन्न खेलका ५२ खेलाडी यसअघि करारमा थिए । तीमध्ये धेरै एपिएफको भर्ना प्रक्रियामा रहेको पनि उनले जानकारी दिए । एपिएफ र क्रिकेट खेलाडीबीच नयाँ सहमति भएपनि शक्ति र बसन्त अहिले आफ्नो घर भैरवहामा छन् । उनीहरु प्रधानमन्त्री कप खेल्न नखेल्ने अझै निश्चित छैन । यद्दपी शक्तिले सेमिफाइनलबाट आफु खेल्ने सम्भावना रहेको बताए ।

एपिएफले पहिलो खेलमा सोमबार पश्चिमाञ्चलको सामना गर्दैछ ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.