8 years ago
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब राजभानीमा जारी पहिलो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको २०७४ अन्तर्गत समूह ‘बी’को विजेता बनेको छ। विजेता बन्ने क्रममा आर्मीले समूहको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको हो।
समूह चरणमा तीनै खेलमा जित हात पारेको आर्मीले ६ अंक जोड्यो। आर्मीसँग पराजित भएपनि पुलिस ४ अंक जोड्दै समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो। समूहको पुछारमा रहेका सुदूरपश्चिम र पूर्वान्चल १/१ अंक जोड्दै समूह चरणबाट बाहिरिए।
समूह विजेता आर्मीले सेमिफाइनलमा समूह ‘ए’को उपविजेतासँग भिड्नेछ भने उपविजेता पुलिसले समूह ‘ए’को विजेतासँग खेल्नेछ। समूह ‘ए’मा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)सँगै मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल रहेका छन्।
समूह ‘ए’ को पहिलो खेल सोमबार नेपाल एपिएफ क्लब र पश्चिमाञ्चलबीच हुनेछ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]