default_image

8 years ago

May 28, 2017

आर्मीको जितमा सुशन नायक

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सुशन भारीले किफायती बलिङ गरेपछि राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा १ सय १० रनको लक्ष्य लिएर उत्रेको आर्मीले ३०.४ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । झिनो लक्ष्य लिएर ब्याटिङ गरेका आर्मीले सुरुआतमा भने केही दबाब खेप्नु परेको थियो । ओपनरद्वय अनिल मण्डल र महेश क्षेत्री तथा अलराउन्डर सागर पुनलाई सस्तैमा गुमाउँदा आर्मीले केही समय दबाब झल्नु परेको थियो । यी तीन शीर्ष ब्याट्सम्यान आउट हुँदा टोलीले ३७ रनमात्र बनाउन सकेको थियो । तर कुनै रन प्रहार गर्नु अगावै अमित श्रेष्ठले क्याच छाडेर जीवन दान पाएका कप्तान विनोद भण्डारी र नरेश बुढाएरले चौथो विकेटका लागि अविजित ८० रनको साझेदारी गरेपछि आर्मीको जित सहज बनेको थियो ।

नरेशले ४१ र विनोदले ४६ रनको अविजित योगदान दिएका थिए । पुलिसका ललितसिंह भण्डारीले २ र सुशिल कँडेलले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २५.५ ओभर सबै विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

टस जितेर फिल्डिङ रोज्ने आर्मीको निर्णयलाई सुशनले सहि साबित गरे भने उनलाई अन्य बलरले राम्रो साथ दिए । पुलिसले सुरुआती दुई ओभरमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । खेलको पहिलो बलमा सुनिल धमलालाई गोल्डेन डक आउट गराएका सोमपाल कामीले छैटौं बलमा अमित श्रेष्ठको विकेट लिए । पुलिसको पारीलाई मजबुत बनाउने प्रयासमा दिलिप नाथले अर्धशतक पुरा गरेका थिए । तर अर्को क्रिजमा लगातार ब्याट्सम्यान आउट भएपछि पुलिस सस्तैमा समेटिएको थियो। नवौं विकेटका रुपमा आउट हुनुअघि उनले ५० रन पुरा गरेका थिए।

पुलिसका लागि दिपेन्द्र सिंह एरीले २२ रन जोडे । पुलिसका २ ओपनरसहित ५ खेलाडीले रनको खाता खोल्न सकेनन् । टोलीका अन्य सदस्य आरिफ शेखले ४, मन्जित श्रेष्ठले ६, सुशिलले ३ तथा ललितसिंहले २ रन जोडे । चार बलर मात्र प्रयोग गरेको आर्मीका लागि सुशन भारीले कसिलो बलिङ गरे । ७.५ ओभर बलिङ गरेका सुशनले मात्र १६ रन खर्चेर ६ खेलाडीलाई शिकार बनाएका थिए । त्यस्तै सोमपाल र सागरले समान २ विकेट लिए । आर्मीका सुशन म्यान अफ दी म्याच घोषित भए ।

January 16, 2025

आर्मीलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अल आउट भयो । पुलिसका दुई खेलाडी सागर ढकाल र ललितनारायण राजवंशीले […]

January 16, 2025

महिला पिएम कप – वर्षाका कारण दुवै खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]

January 16, 2025

एलिट कप फाइनल- आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । वीरगंजमा जारी फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएको छ। ९ […]

Success

Thank you for your time.