default_image

8 years ago

May 28, 2017

रोमाञ्चक खेलमा इङ्ल्यान्डको जित , स्टोक्स नायक

140 views

0 Bookmark

इङ्ल्यान्ड (एजेन्सी) – इङ्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा २–० को अग्रता लिएको छ । बेन स्टोक्सको शतकको मद्दतले शनिबार दक्षिण अफ्रिकालाई २ रन हराउँदै इङ्ल्यान्डले लगातार दोस्रो जित हासिल गरेको हो ।

Ben Stokes

आइसीसी च्याम्पियन्स ट्रफीको तयारीका रुपमा हेरिएको श्रृखंलामा शनिबार दक्षिण अफ्रिकाले टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । स्टोक्सको ७९ बलमा १ सय १ रन र जोस बटलरको अविजित ६५ रनको मद्दतमा इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनाएको थियो । दक्षिण अफ्रिकाका राबाडाले २ विकेट तथा ड्वाइन प्रीटोरियस , केशव माहाराज र एन्डिले फेलुक्वायोले समान १ विकेट लिएका थ्एि ।

ठुलो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५ विकेटको क्षेतिमा ३ सय २८ रन जोडेको थियो । टोलीका लागि क्विन्टन डी ककले राम्रो सुरुवात दिलाउन ९८ , कप्तान एबि डी भिलियर्स ५१ र डेभिड मिलरको ५१ बलमा ७१ रन बनाएपछि हार टरेन ।

दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ओभरमा ७ रनको आवश्यकटा थियो । इङ्ल्यान्डका मार्क उडले विकेट लिन नसकेपनि अन्तिम ओभरमा ४ रन मात्र खर्चदै दक्षिण अफ्रिकालाई जितबाट रोकेका थिए । इङ्ल्यान्डका लियाम प्लंगकेटले ३ तथा मोइन अलि र बेन स्टोक्सले समान १ विकेट लिए । यी दुई टोलीबीचको अन्तिम एक दिवसिय सोमबार हुनेछ ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.