default_image

8 years ago

May 27, 2017

जितेन्द्रको ‘मौकामा छक्का’

115 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाई ८ विकेटले हराउँदा आर्मीका बलर जितेन्द्र मुखियाले ६ विकेट लिए। प्रतियोगिताको पहिलो खेलमा सुरुवाती एघारमा स्थान नपाएका जितेन्द्रले दोश्रो खेलमा भने अभिनाश कर्ण घाइते भएपछि मौका पाएका थिए।

सुदुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपनि जितेन्द्रको उत्कृष्ट प्रदर्शनले उक्त निर्णय गलत रहेको पुष्टि भयो। पहिलो इनिङको दोश्रो ओभर गर्न युनिभर्सिटी एण्डबाट आएका जितेन्द्रले आफुले फ्याँकेको पाँचौ बलमा सुदुरका कप्तान सुरेन्द्र चन्दलाई पेभेलियन फर्काए। आफ्नो चौथो ओभरमा अर्का ओपनर रोशन नेपालीलाइ आउट गर्दै टोलीलाई दोश्रो सफलता दिलाएका उनले अर्को ओभरमा  प्रतियोगितामा सुदुरका लागि एकमात्र अर्धशतक बनाएका विजय रानालाइ शून्यमा आउट गरे।

त्यसपछि टोलीको पाँचौ  र व्यक्तिगत चौथो विकेट लिने क्रममा उनले आक्रामक ब्याट्सम्यान सन्तोष भट्टलाई आउट पारे। आफ्नो आठौँ ओभरको पहिलो २ बलमा बसन्त कार्की र अनिल थापालाई लगातार एलबीडब्लु धरापमा पार्दै उनले खेलमा ६ विकेट पुरा गरे। लगतार १० ओभर बलिङ गरेका मुखियाले ३ मेडन राख्दै २२ रनमात्र खर्चेका थिए।

खेलको म्यान अफ द म्याच घोषित जितेन्द्रले आफ्नो प्रदर्शनदेखि एकदम सन्तुष्ट रहेको बताए। “मलाई एकदम खुसि महसुस भइरहेको छ। मैले एकदिवसीयको लागि निकै मेहेनत गरेको थिएँ र आज त्यहि मेहनतको फल प्राप्त गरेको छु जस्तो लाग्छ।”

उनले आर्मीको टोली अब्बल रहेकाले अन्तरिक प्रतिस्पर्धा एकदम धेरै रहेको बताए। “हाम्रो टोलीमा अन्तरिक प्रतिस्पर्धा पनि धेरै छ। टोलीमा ५ जना पेस बलर रहेकाले पहिलो खेलमा मौका पाएको थिइनँ तर आज अभिनाश अनफिट भएपछि मैले मौका पाएँ। प्रशिक्षणमा गरेको मेहेनत खेलमा देखाउन पाउँदा खुसि लागेको छ।”

एकदिवसीय राष्ट्रिय टोलीमा आउन यस्तो प्रदर्शनले थप हौसला मिलेको उनि बताउँछन्। “यो प्रदर्शनमात्र टोलीमा स्थान  बनाउन काफी छैन। मैले आउने खेलमा अझ राम्रो प्रदर्शन गर्दै जानुपर्ने जरुरी छ। मैले आफुलाई एकदिवसीयमा पनि खेल्न सक्छु भनेर सबैलाई प्रमाणित गर्नुछ। टि-२० बलरको रुपमा मेरो परिचय रहेको छ र म यसलाई एकदिवसीयमा पनि निरन्तरता दिन चाहन्छु।”

चोटका कारण केहि समय विश्राममा रहेका उनले एकदिवसीयका लागि फिटनेसमा थप ध्यान दिएको बताए। “म चोटका कारण केहि समय बाहिर बसे तर फर्किएलगत्तै मैले थप मेहेनत गरेको छु। टि-२०मा गर्दै आएको ४ ओभरले एकदिवसीयमा नपुग हुन्छ त्यसैले म मेरो फिटनेसका लागि अझै थप ड्रिलहरु गरिरहेको छु।” सुदुरविरुद्धको खेलमा जितेन्द्रले लगातार १० ओभर बलिङ गरेका थिए।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.