8 years ago
May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – पेसर जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि किर्तिपुरस्थित टि.यु. मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘बी’को पाँचौ खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाइ ८ विकेटले पराजित गरेको छ।
मैदान भिजेका कारण आधा घण्टा सुरु भएको खेलमा सुदुरले टस जित्दै पहिलो ब्याटिङ रोजेको थियो। जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएपछि सुदुर २२ ओभरमा ५० रन जोड्दै अलआउट भएको थियो। सुदुरका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका बसन्त खत्रीले सर्वाधिक २० रन जोडेका थिए। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन नसकेको सुदुरको पारीमा ५ खेलाडीले खाता खोलेका थिएनन्।
व्यक्तिगत पहिलो तथा पारीको दोश्रो ओभरमा पहिलो विकेट लिएका जितेन्द्रले आर्मीको लागि सुरुवाती ३ सफलता दिलाएका थिए। एक समय ह्याट्रिकमा रहेका मुखियाले लगातार १० ओभर फ्याँक्दै ३ मेडनका साथ २२ रन खर्चेर ६ विकेट लिएका थिए।
५१ रनको झिनो लक्ष्य पछ्याउन उत्रिएको आर्मीले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै सातौं ओभरमै जित हासिल गर्यो। आर्मीका लागि ओपनर द्वय सागर पुन र अनिल मण्डल समान १०/१० रङ जोड्दै आउट भएका थिए। कप्तान बिनोद भण्डारीले १५ बलमा ४ चौकाको मद्दतले २१ रङ जोड्दै टोलीलाई जितसम्म डोर्याएका थिए।
जितेन्द्र मुखिया खेलको म्यान अफ द म्याच घोषित भए। यस जितसँगै ४ अंक बोकेको त्रिभुवन आर्मी क्लब समूहको अर्को टोली नेपाल पुलिस क्लबसँगै सेमिफाइनलमा प्रवेश गरेको छ। समान १/१ अंक बोकेका सुदुर र पूर्व प्रतियोगिताबाट बाहिरिएका छन्।
प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा आइतबर समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]