8 years ago
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – वर्षाका कारण सुदुरपश्चिमसँगको खेल रद्द भएससँगै पूर्वाञ्चल राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४बाट बाहिरिएको छ। किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको समुह ‘बी’ को खेलमा दोश्रो सेसन सुरु हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए।
वर्षाले खेल रद्द हुनुअघि खेलमा सुदुरले राम्रो पकड बनाएको थियो। पहिलो ब्याटिङ गरेको सुदुरले ४५.२ ओभरमा अलआउट हुनुअघि १ सय ५३ रन जोडेको थियो। उसका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका विजय रानाले ५५ रन बनाएका थिए। अन्तिम विकेटका रुपमा पुष्प थापाको बलमा बोल्ड हुनुअघि उनले १०८ बल खेल्दै २ चौका प्रहार गरेका थिए। सुदुरका लागि सन्तोष भट्टले २२, अनिल कुमार थापाले ११ तथा रोशन नेपालीले १० रन जोडेका थिए। पूर्वाञ्चलका लागि सगर ढकाल र कप्तान पुष्प थापाले ३/३ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको पूर्वाञ्चलले खराब सुरुवात गरेको थियो। लन्च अघि भएको ४ ओभरको खेलमा पूर्वले ४ विकेट गुमाउँदै २२ रन जोडेको थियो। सुदुरका लागि बिनोद लामाले २ विकेट लिएका थिए भने सगर भण्डारीले पनि १ विकेट लिए। वर्षाका कारण लन्चपछि खेल सुरु हुन नसकेपछि खेलमा अंक बाँडिएको थियो।
यस बराबरीसँगै शीर्षस्थानमा ४ अंक बोकेको नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। दोश्रो स्थानमा आर्मीको २ अंक छ भने सुदुर र पूर्वको समान १/१ अंक रहेको छ।
प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा शनिबार समूह ‘बी’ अन्तर्गत त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिमका बीच खेल हुनेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]