8 years ago
May 25, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बिहीबार धनगढीको ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी भएका छन् ।
पहिलो खेलमा ज्ञान निकेतनलाई २० रनले हराउँदै ग्ली एकेडेमी अगाडि बढेको छ । धनगढीको फाप्ला खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको ग्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १६ रन बनायो । टोलीका पदम बोहरा अर्धशतक बनाए । पदमले ५२ तथा विशाल भट्टले १३ रन बनाए ।
ज्ञान निकेतनका विक्रम खत्रीले १ विकेट लिए । ग्लीका ५ ब्याट्सम्यान रन आउट भएका थिए । ज्ञान निकेतनले ३८ अतिरिक्त रन दिएको थियो । १ सय १७ रन को लक्ष्य पछ्याएकोे ज्ञान निकेतन १६.२ ओभरमा ९६ रनमा सिमित भएको थियो ।
टोलीका आदित्य शाहले ११ रन र पारस देउवाले १० रन बनाउनु बाहेक अरु खेलाडीको खराब रह्यो । ज्ञान निकेतन लाई लक्ष्यमा पुग्न नदिन ग्लीका पदम बोहराले ५ र सविन जोशीले २ विकेट लिए । ५२ रन बनाएका ग्लीका पदम म्यान अफ दी म्याच चुनिए ।
दोश्रो खेलमा इमरेड एकेडेमीले मयुर स्कुललाई ८ रनको झिनो अन्तरले हरायो । टस जितेर व्याटिङ गरेको इमरेडले २० ओभरमा ५ विकेट गुमाउदै १ सय १६ रन बनायो । टोलीका रोहित सिंहले अविजित ४१, हिमासु चन्दले १६, विवेक बयलकोटी १० रन बनाए । बलिङमा मयुरका दिपेश रावल र साहील कायस्थले समान १ विकेट लिए ।
१ सय १७ रनको लक्ष्य लिएर उत्रिएको मयुरले १७.३ ओभरमा १ सय ८ रनमा सिमित भएको थियो । मयुरका लागी दिपेन्द्र शर्माले ३५, जंग साउद र रोशन रावतले समान १७ रन बनाए । बलिङमा इमरेडका भुपेश ओझा, अजय महरा र सुनील भण्डारीले समान २ विकेट लिए । ४१ रन बनाएका रोहित म्यान अफ दी म्याच घोषित भए ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]