default_image

8 years ago

May 25, 2017

निरिह पूर्वान्चल बन्यो पुलिसको दोश्रो शिकार

98 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४को समुह ‘बी’को तेश्रो खेलमा नेपाल पुलिस क्लबले पूर्वान्चललाई ९ विकेटले पराजित गरेको छ

टस जितेर फिल्डीङ रोजेको पुलिसले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३७.१ ओभरमा अलआउट गर्न सफल रह्यो। महबुब आलमको ४० रनको मद्दतले पुर्वान्चलले १ सय ४ रन जोड्न सफल रह्यो। महबुब आलमले ४७ बलमा २ चौका र ३ चक्काको मद्दतले ४० रन जोडे भने ओपनर अमल दासले १३ रन बनाए। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अमल नवौं ओभरमा पुष्प थापासँग १ रन लिन खोज्दा असमझदारी भएपछि रनआउट भएका थिए।

पुलिसका लागि सिद्धान्त लोहनीले ३ विकेट लिएका थिए। ३४औं ओभरको पहिलो २ बलमा जुगल चौधरी र मुकुन्द यादवको विकेट लिएपछि सिद्धान्तलाई ह्यात्री ह्याट्रिक गर्ने मौका मिलेको थियो। तर तेश्रो बलमा अनिल यादवको पहिलो स्लिपमा आएको क्याच दिपेन्द्र सिंह ऐरीले छुटाएपछि सिद्धान्त ह्याट्रिक गर्नबाट चुकेका थिए। सुशील कँडेल र ललित सिंह भण्डारीले २/२ विकेट लिंदा कप्तान मन्जित श्रेष्ठ र योगेन्द्र सिंह कार्कीको नाममा १/१ विकेट रह्यो।

क्याच छुटाएपछि दिपेन्द्र सिंह ऐरी

जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले १७.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सुनिल धमला र अमित श्रेष्ठले सुरुआती विकेटको लागि ८ ओभरमा ४५ रन जोडेका थिए। अमित ७ रन बनाउँदै बिधान गोस्वामीको बलमा आउट भएपछि दिलिप नाथ र सुनिलले टोलीलाई जितसम्म पुर्याएका थिए। म्यान अफ द म्याच घोषित सुनिलले ४९ बलमा ३ चौका र ३ छक्काको मद्दतले ५२ रन जोडेका थिए। दिलीपले ३३ बलमा ६ चौका प्रहार गर्दै ३६ रनको अविजित पारी खेले।

यस जितसँगै पुलिसको २ खेलमा ४ अंक भएको छ दोश्रो स्थानमा रहेको आर्मीको १ खेलमा २ अंक छ भने पुर्वान्चल र सुदुरपश्चिमले खाता खोलेका छैनन्

प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा शुक्रबार समूह ‘बी’ अन्तर्गत पूर्वाञ्चल र सुदुरपश्चिमका बीच खेल हुनेछ ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.