default_image

8 years ago

May 23, 2017

पूर्वाञ्चलमाथि आर्मीको शानदार जित

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रभावशाली जित निकालेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले पूर्वाञ्चलमाथि ९ विकेटको शानदार जित निकालेको हो ।

आर्मीको शानदार जितमा सागर पुनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे भने अनिल मण्डलले अर्धशतक पूरा गरे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पूर्वाञ्चललले दिएको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १८ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । आर्मीले ओपनर महेश क्षेत्रीलाई पहिलो ओभरमै शुन्यमा गुमायो । मेहबुब आलमले महेशलाई एलबिडब्लुको शिकार बनाए । तर, दोस्रो विकेटका लागि अनिल मण्डल र सागर पुनले अविजित १ सय ६ रनको साझेदारी गरेपछि आर्मीले शानदार जित हात निकाल्यो। मण्डलले ६३ बलमा ८ चौका प्रहार गर्दै ५६ रन बनाए भने ४८ बल खेलेका सागरले ३ चौका र १ छक्काको मद्दतमा ४० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पूर्वाञ्चल ३२ ओभर २ बल खेल्दै १ सय ३ रनमा समेटियो । पूर्वाञ्चलका लागि मेहबुब आलमले सर्वाधिक ३६ रन बनाए । ४२ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे । यस्तै विधान गोस्वामीले १९ तथा अंकित सुवेदीले १२ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । पूर्वाञ्चललाई सस्तैमा समेट्ने क्रममा आर्मीका सागर पुनले ९ ओभर बलिङ गर्दै २ मेडन राखेर १६ रन खर्चिदै सर्वाधिक ५ विकेट लिए । यस्तै सुशन भारीले ३ तथा सोमपाल कामीले २ विकेट आफ्नो नाममा लेखाए । धनगढी प्रिमियर लिगबाट उदाएका शाहव आलमले ५ ओभर बलिङ गर्दा १ मेडन राख्दै कुनै विकेट निलइ १४ रन खर्चे ।

जितपछि समूह ‘बी’ मा रहेको आर्मीले २ अंक जोडेको छ । अलराउन्ड प्रदर्शन गरेका आर्मीका सागर पुन म्यान अफ दि म्याच घोषित हुदै ५ हजार प्राप्त गरे ।

प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता अन्तर्गत बुधबार समूह ‘बी’ कै नेपाल पुलिस र सुदूरपश्चिमाञ्चल बीच खेल हुनेछ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.