8 years ago
May 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मंगलबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको छ।
सशस्त्र प्रहरी बल (एपीएफ) बाट घरेलु क्रिकेट खेल्दै आएका पारस हाल व्यक्तिगत कामका कारण संयुक्त राज्य अमेरिकामा रहेको जानकारी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन्। खड्काको अनुपस्थितिमा ज्ञानेन्द्रले नै एपीएफको नेतृत्व गर्ने भएका छन्।
पारस नितान्त व्यक्तिगत कारणले अमेरिका पुगेको र यस प्रतियोगितामा आफु सहभागी नहुने जानकारी यसअघि नै उनले दिएको मल्लले बताए। उनि हङकङसँगको खेलका लागि भने प्रशिक्षणका लागि नेपाल फर्किने बुझिएको छ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]