8 years ago
May 22, 2017
हैदराबाद (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको फाइनल खेलमा मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई १ रनले पराजित गर्दै तेश्रो पटक आइपिएल उपाधि जितेको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको मुम्बईले आइपिएल फाइनलको इतिहासकै सर्वाधिक कम पहिलो इनिङसको स्कोर बनाएको थियो। निर्धारित २० ओभरमा मुम्बईले ८ विकेटको नोक्सानीमा १ सय २९ रन जोडेको थियो। माथिल्लो क्रमका ब्याट्सम्यानहरु चल्न नसकेपछि मध्यक्रममा क्रुनाल पाण्ड्याले ४७ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए। एक समय ७९ रनको स्थितिमा ७ विकेट गुमाएको मुम्बईको लागि पाण्ड्याले ३८ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरेका थिए।
मुम्बईका ओपनरद्वय लेन्डल सिमन्स ३ रन र पार्थिव पटेल ४ रनमा पेभेलियन फर्किंदा अम्बाटि रायुडूले १२ रनमात्र जोड्न सके। कप्तान रोहित शर्माले २४ रन बनाएका थिए। पुनका लागि वासिङटन सुन्दरले कसिलो बलिङ गर्दै २ ओभरमा १३ रनमात्र खर्चे भने जयदेव उनदकट, एडम ज्याम्पा र ड्यान क्रिस्टियनले २/२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पुनेले ओपनर राहुल त्रिपाठीलाई ३ रनमा गुमाएपनि कप्तान स्टिभ स्मिथ र अजिंक्या रहानेले पारीलाई सम्हालेका थिए। रहने ३८ बलमा ४४ रन जोड्दै आउट भए भने स्मिथले अर्धशतक बनाएका थिए। पारीको अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको स्थितिमा मनोज तिवारीले पहिलो बलमा चौका प्रहार गरेपनि त्यसपछिको बलमा मिचेल जोन्सनले लगातार २ विकेट लिएपछि मुम्बई खेलमा फर्किएको थियो। स्मिथ लामो सट प्रहार गर्ने धुनमा ५१ रन बनाउँदै क्याच आउट हुन पुगे।
अन्तिम बलमा जितका लागि ४ रन चाहिएको स्थितिमा क्रिस्टियनले २ रनमात्र जोड्न सकेपछि पुने निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २८ रनमा समेटियो। मुम्बईको लागि मिचेल जोन्सनले ३ तथा जस्प्रित बुमराहले २ विकेट लिएका थिए। उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका क्रुनालले म्यान अफ द म्याचको उपाधि हात पारे।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]