8 years ago
May 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा जारि जारी मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि टिपटपले जितेको छ। फाइनल खेलमा आइस्टोरलाई १५ रनले पराजित गर्दै टिपटपले उपाधि जितेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमाभएको खेलमा पहिलो ब्याटिङ गरेको टिपटपले ७ ओभरमा १ विकेट गुमाउँदै ८८ रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको आइस्टोरले ५ विकेटको नोक्सानीमा ७३ रनमात्र बनाउन सक्यो।
शनिबार बिहान भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै टिपटप र आइस्टोर फाइनलमा पुगेका थिए। टिपटपले राइडर्सलाई १४ रनले पराजित गरेको थियो भने आइस्टोर कोचर रेन्जर्ससँग ४ रनले विजयी रहेको थियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी टिपटपका आशु कन्डोई भए भने उत्कृष्ट ब्याट्सम्यन टिपटपकै अमोल शर्मा भए। राइडर्सका विक्की सिन्जेलले उत्कृष्ट बलरको उपाधि हात पारे।
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले इण्डियन प्रिमियर लिग(आईपीएल) २०२५ खेल्न कानुनी बाधा आइपरेको छ । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पाकिस्तान सुपर लिग(पीएसएल)को ड्राफ्टमा डायमन्ड विधामा छनोट गरेका थिए । तर, मार्च ८ मा मुम्बई […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]