default_image

8 years ago

May 17, 2017

पुने फाइनलमा प्रवेश

111 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबारको पहिलो क्वालीफायर्स खेलमा राइजिङ्ग पुने सुपरजाएन्टसले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

टस जितेर फिल्डिङ रोजेको मुम्बईले राम्रो बसिङ प्रदर्शन गरेपनि अन्तिम दुई ओभरमा रन रोक्न नसक्दा पराजय व्यहोर्नुपरेको थियो। अन्तिम २ ओभरमा धोनी र मनोज तिवारीले ४१ रन जोडेपछि पुनेले निर्धारीत २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन जोड्यो। अजिङ्क्या रहानेले ५८ रन जोड्दा मनोज तिवारीले ५८ रन बनाए। महेन्द्र सिंह धोनीले २६ बलमा ५ छक्काको मद्दतले अविजित ४० रन जोडे।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले एकदम खराब सुरुवात गर्यो। वासिङ्टन सुन्दरले रोहित शर्मा, अम्बाटि रायुडु र काइरन पोलार्डलाई सस्तैमा पेभेलियन फर्काएका थिए। ओपनर सिमन्स १३ रनमा रनआउट हुँदा पार्थिव पटेलले ५२ रन जोडे। अन्य कुनै ब्याट्सम्यानले ठुलो स्कोर बनाउन नसकेपछि मुम्बई २० ओभरमा १सय ४२ रनमौ सिमित भयो।

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

Success

Thank you for your time.