default_image

8 years ago

May 16, 2017

बुधबारदेखि मारवाडी सुपर-८ सुरु हुँदै

102 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ

मारवाडी समाजका खेलाडीहरुले मात्र सहभगिता जनाउन पाउने यस प्रतियोगितामा ८ टोलीले भाग लिने जानकारी आज एक कार्यक्रम माझ दिइयो। समूह ‘ए’मा सजनगोठ च्याम्प्स, राइडर्स, हाम्रोकिचन डट कम र एल स्टोर वारियार्स छन् भने समूह ‘बी’मा टिप टप, फाइटर्स, केबिजी नेपाल र कोचर रेन्जर्स रहेका छन्।

बुधबारबाट सुरु हुने प्रतियोगिताको समूह चरणका खेलहरु २ दिनसम्म चल्नेछ। समूहको शीर्ष २ स्थानमा रहने टोलीहरुले शनिबार हुने समीफाइनलमा भिड्नेछन् भने त्यसै दिन फाइनल खेल हुनेछ।

यस प्रतियोगितामा खुकुरी इन्टरटेनमेन्ट र जिमी ग्रुपको पनि साथ रहेको छ।

८ खेलाडी मैदानमा उत्रने यस खेलको आफ्नो छुट्टै नियम हुने गर्दछ। छक्काको ठाउँमा ८ रन हुने यस खेलमा पहिलो २ दिन ६/६ खेल हुनेछन्।

March 17, 2025

आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.