default_image

8 years ago

May 11, 2017

सर्वाधिक पुरस्कारको प्रधानमन्त्री कप पुरुष क्रिकेट हुने

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) र काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा ‘प्रथम प्रधानमन्त्री कप’ एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता जेठ ९ गतेबाट सुरु हुने भएको हो ।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्स्म्यान र बलरले समान ५० – ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

जेठ १४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्रसहित विभागीय टोलीहरु नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्ने बिहिबार पत्रकार सम्मेलनबाट आयोजकले जनाएको हो । लिग कम नकाउटका अधरमा हुने प्रतियोगिता किर्तिपुरस्थित त्रिभुवन बिश्वबिध्यालयको टियु क्रिकेट मैदानमा संचालन हुने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिने छ । प्रत्येक समुहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसंगको खेलको छनोट र तयारीको रुपमा यस प्रतियोगिता आयोजना गरेको राखेपले बताएको छ। यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनको आधारमा हङकङसँगको लागि खेलाडी चयन गरिने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाल र हङकङबीचको खेल आगामी अक्टोबरमा हुने छ

प्रतियोगिताको लागि राखेपले २५ लाख छुट्टाएको राखेप सदस्यसचिव केशव कुमार बिष्टले जानकारी दिए । रुस्लान क्रिकेट मुख्य प्रायोजक रहेको प्रतियोगितामा सहभागी हुने टोलीलाई तयारी खर्चको लागि ५० हजार प्रदान गरिने समेत सदस्यसचिव बिष्टले जानकारी दिए । यस्तै सदस्यसचिव बिष्टले नेपालमा पछिल्लो तीन बर्षबाट एक दिवसीय क्रिकेट हुन् नसकेको र क्रिकेट बिकासमा थप टेवा पुगोस भन्ने उदेश्यले प्रतियोगिता योजना गर्न लागेको बताए ।

प्रतियोगिताको लागि मुख्य प्रायोजक रुस्लानले नगद २५ लाखसहित खेल सामग्रीलगायतका समाग्री उपलब्ध गराउने छ भने प्रायोजक सिटिजन बैंक र अनलाइन पार्टनर इसेवाले समान ३ – ३ लाख उपलब्ध गराउने छन् । प्रतियोगिताको व्यवस्थापनको जिम्मा काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर र टिकट, खेलाडी दर्ता लगायतको काम ईसेवाले गर्ने छ । यस्तै हस्पिटालिटीको जिम्मा होटल सिभम प्लाजा र होटल मलबेरीलाई दिइएको छ ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.