9 years ago
October 18, 2015
जारी नेल्सोन मन्डेला – माहात्मा गान्धी कपमा दक्षिण अफ्रीकाले भारतबिरुद्ध अर्को जित निकालेको छ ।
क्विन्टन डि ककको सतकिय पारीको मद्धतले टस जितेर ब्याटिङ रोजेको दक्षिणले ७ विकेट को छ्यतिमा २७० रन बनायो । डि ककले ११८ बल खर्चिदै १०३ रन जोडे भने, प्लेसिसले ६० रन जोडे ।
२७१ रनको लक्ष लिएर मैदानमा उत्रेको भारतले निर्धारित ५० ओवरमा ६ विकेट गुमाउदै २५२ रन मात्र जोड्न सफल भयो ।
कोह्ली (७७) र कप्तन महेन्द्र सिंह धोनी (४७ ) बिचको साझेधारीले लय देखाए पनि उनिहरुको विकेट पछी दक्षिण अफ्रीकाले खेल नियन्त्रणमा लिन सफल भयो ।
दक्षिण अफ्रीकाकालागी मोर्ने मोर्केलले सर्वाधिक ४ विकेट लिए । ५ खेलको एक दिवसिय सिरिजमा यो जित संगै दक्षिण अफ्रीकाले २-१ को अग्रता लिएको छ ।
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]