default_image

8 years ago

May 10, 2017

पन्जाबको प्लेअफ पुग्ने आशा जीवितै

102 views

0 Bookmark

मोहाली (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले कोलकाता नाइट राइडर्सलाई १४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ।

टस हारेपछि ब्याटिङमा उत्रिएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो। कप्तान ग्लेन म्याक्स्वेलले आक्रामक ब्याटिङ गर्दै २५ बलमा १ चौका र ४ छक्काको मद्दतले ४४ रन जोडेका थिए भने रिधिमान साहले ३३ बलमा ३८ रन जोड्दै साथ दिए। मनन वोहराले १५ बलमा ४ चौकाको मद्दतले २५ रन बनाएका थिए। कोलकाताका कुलदिप यादव र क्रिस वोक्सले २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले राम्रो सुरुवात पाएपनि मध्यक्रमको ब्याटिङ नचलेपछि हारको सामना गर्नुपर्यो। ओपनर सुनिल नारायणले १० बलमा १८ रन जोडे भने अर्का ओपनर क्रिस लिनले ५२ बलमा ८४ रनको उत्कृष्ट पारी खेले। १८औं ओभरमा रनआउट हुनु अघि लिनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए। राहुल टेवाटियाले एकै ओभरमा गम्भीर र उथाप्पाको विकेट लिएपछि कोलकाताको पकड खुस्किएको थियो। कोलकाताले २० ओभरमा १ सय ५३ रन मात्र जोडेको थियो। पन्जाबका लागि टेवाटिया र मोहित शर्माले समान २/२ विकेट लिए।

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

Success

Thank you for your time.