default_image

8 years ago

May 9, 2017

राइजिङलाई अत्तरिया कपको उपाधि

77 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको उपाधि राईजिङ क्रिकेट वुमनले जितेको छ। आज भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई १६ रनले पराजित गर्दै राइजिङले उपाधि हात पारेको हो।

टस जितेर पहिलो ब्याटिङ रोजेको राइजिङले निर्धारित २० ओभर खेल्दै ५ विकेटको नोक्सानीमा १ सय ५२ रनको योगफल खडा गरेको थियो। राइजिङका लागि पुजा निभा भाटले ३८ बलमा ३७ रन बनाएँ भने साम्पा मुखर्जीले १८ बलमा २३ रन जोडिन। सहनाज प्रविन १ रन प्रति बल २५ रन जोड्दा शान्तिले १४ बलमा अविजित २१ रनको आक्रामक पारी खेलिन्। एपीएफका लागि सरिता मगरले ३ विकेट तथा करुणा भण्डारीले २ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनमात्र बनाउन सकेपछि उपविजेतामै सिमित हुन पुग्यो। एपिएफकी पुजा पाण्डेले ४२ बल खेल्दै ५ चौकाको मद्दतले ४८ रन बनाएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन् ।  त्यस्तै एफिएफकी करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाएपनि बाँकी खेलाडीले भने दोहरो अंकको रन बनाउन सकेनन । एपिएफलाई सस्तैमा समेट्न राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौकी पुजा निमाभाटले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट हात पारिन ।

विजयी टोली राइजिङले ट्रफीसहित नगद रु. २ लाख जित्यो भने उपविजेता टोली एपीएफले रु. १ लाखमा चित्त बुझायो। प्रतियोगितामा ४ विधा अन्तर्गत व्यक्तिगत पुरस्कार पनि वितरण गरिएको थियो।

 

March 17, 2025

ललितको ५ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.