8 years ago
May 8, 2017
एजेन्सी – आगामी जुन महिनाबाट सुरु हुने च्याम्पियन्स ट्रफिका लागि भारतले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। विराट कोहलीको कप्तानीमा रहेको टोलीमा कुनै नयाँ खेलाडी छैनन् भने रोहित शर्मा र मोहम्मद शामीले पुनरागमन गरेका छन्।
टोलीको नामावली बुझाउन अप्रिल २५ गते अन्तिम मिति तोकिएपनि भारतले आइपिएल को बहाना बनाएर ढिला नामावली बुझाएको थियो। इङ्गल्याण्डमा हुने प्रतियोगिताको लागि करुण नायर काँधको चोटका कारण उपलब्ध रहने छैनन्। आइपिएलमा राम्रो प्रदर्शन गरिरहेका गौतम गम्भीर, रोबिन उथप्पा, सुरेश रैना, ऋषव पन्त लगायत पनि टोलीमा अटाएनन्।
भारतको पूर्ण टोली:
विराट कोहली (कप्तान), शिखर धवन, अजिङ्क्या रहाने, महेन्द्र सिंह धोनी (विकेटकिपर), युवराज सिंह, केदार जाधव, हार्दिक पाण्ड्या, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, मोहमम्द शामी, उमेश यादव, भुवनेश्वर कुमार, जस्प्रित बुमराह र मनिष पाण्डे।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]