8 years ago
May 8, 2017
कोलकाता (एजेन्सी) – ओपनर सुनिल नारायणले १५ बलमै अर्धशतक पुरा गरेपछि कोलकाता नाईट राइडर्सले इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ।
१ सय ५९ रनको लक्ष्य पछ्याएको कोलकातालाई क्रिस लिन र नारायण मिलेर आक्रमक सुरुवात दिलाएका थिए। दुई ओपनर मिलेर ६ ओभरमा १ सय ५ रन जोडेका थिए। नारायणले १७ बलमा ५४ रन जोडेका थिए। लिनले २२ बलमा ५० रन बनाएका थिए। कोलिन डे ग्रान्डहोमले २८ बलमा ३१ रन जोडे।
पहिलो ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ५८ रन बनाएका थिए। ट्राभीस हेडले ४७ बलमा ७५ रन बनाए भने मन्दिप सिंहले ५२ रन जोडे। उमेश यादवले ३ विकेट लिएका थिए। बेंगलोरका गेल, कोहली र डि भिलिएर्सको ब्याटबाट जम्मा १५ रन निस्केको थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]