default_image

8 years ago

May 6, 2017

ऐतिहासिक जितसंगै मुम्बई प्लेअफमा प्रवेश

125 views

0 Bookmark

दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई १ सय ४६ रनको विशाल अन्तरले पराजित गरेको छ। यो आइपीएल इतिहासकै सबैभन्दा ठुलो रन अन्तरको जित हो। यस जितसंगै मुम्बई प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।

पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दै ३ विकेटको नोक्सानीमा २ सय १२ रन बनाएको थियो। ओपनर लेन्डल सिमन्स र पार्थिव पटेलले ७९ रनको आक्रामक सुरुवात दिलाएसंगै मुम्बई ठुलो योगफलतर्फ अग्रसर भएको थियो। पटेलले २५ रन जोडे भने सिमन्सले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाएका थिए। मध्यक्रममा काइरण पोलार्डले ३५ बलमा अविजित ६३ रन जोडेपछि मुम्बईले २ सय रन कटाएको थियो। हार्दिक पाण्ड्या १४ बलमा १ चौका र ३ छक्काको मद्दतले २९ रन बनाउदै अविजित रहे।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले भने १३ दशमलब ४ ओभरमा अलआउट हुनुअघि ६६ रन मात्र जोड्न सक्यो। उसका लागि ओपनर करुण नायरले २१ र कोरी एन्डरसन र प्याट्रिक कमिंसले समान १०/१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। ओपनर सन्जु स्याम्सन इनिङको पहिलो बलमै आउट भएपछि सुरु भएको दिल्लीको विकेट पतन अन्त्यसम्म कायम रह्यो। मुम्बईका लागि कर्ण शर्मा र हरभजन सिंहले समान ३/३ विकेट लिए भने लासिथ मालिंगाले पनि २ विकेट हात पारे।

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

Success

Thank you for your time.