default_image

8 years ago

May 6, 2017

बेंगलोरविरुद्ध जितसंगै पन्जाबको प्लेअफ पुग्ने सम्भावना कायमै

119 views

0 Bookmark

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किङ्गस इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई १९ रनले पराजित भएको छ ।

चिन्नास्वामी रंगशालमा भएको खेलमा पहिलो ब्याटिङ गरेर पन्जाबले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोर १९ ओभरमा अल आउट हुँदै मात्रै एक सय १९ रन बनाउन सफल रह्यो । बेंगलोरका मन्दीप सिंहले ४६, पवन नेगीले २१ तथा एबी डी भिलिएर्सले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । म्यान अफ द म्याच बनेका सन्दिप शर्माले क्रिस गेल, विराट कोहली र डी भिलिएर्सको विकेट लिएका थिए। अक्षर पटेलेले तीन तथा मोहित शर्मा र ग्लेन म्याक्सवेलले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले ७ विकेटको नोक्सानीमा एक सय ३८ रन बनाएको थियो । उसका लागि अक्षर पटेलले नटआउट ३८ रन बनाए । यस्तै मनन वोहराले २५, ऋद्धिमन शाहले २१ तथा शान मार्सले २० रन बनाए । जितपछि पन्जाबकोको प्लेअफमा पुग्ने सम्भावना कायम रहेको छ । १० अंक  जोडेको पन्जाब अन्नका तालिकाको पाँचौ स्थानमा आइपुगेको छ । उसले अब चार खेल खेल्न बाँकी छ । दुई खेल बाँकी हुँदा पुछारमा रहेको बैंग्लोरको पाँच अंक छ ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.