default_image

7 years ago

May 5, 2017

एपिएफ सेमिफाईनलमा प्रवेश

98 views

0 Bookmark

धनगढि (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश गरेको छ ।

समुह चरणका दुवै खेलमा जित हात पार्दै एपिएफ समुह विजेता वनेर अन्तिम चारमा पुगेको हो । शुक्रवार अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा भएको दोस्रो खेलमा एपिएफले कञ्चनपुर ११ माथि ८ विकेटको सानदार जित दर्ता गरेको हो । यस अघि विहीवार पनि एपिएफले नेपाली महिला क्रिकेट टीमकी कप्तान रुवीना क्षेत्रीले नेतृत्व गरेको मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराएको थियो । एफपिएले समुह एक दुवै खेलमा जित हात पारेर विजेता वनेको अवस्थामा एक एक खेल गुमाएका मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर ११ वीच हुने समुह चरणको खेलमा जित हात पार्ने टोली उप विजेता वन्दै सेमिफाईनल पुग्नेछ । रिर्पोट

टस जितेर पहिले व्याटिङ गरेको कञ्चनपुर ११ ले १२ दशमलव ३ ओभरमा आफ्ना सवै विकेट गुमाउदै ३५ रनको झिनो योगफल वनायो । सुरुदेखि विकेट गुमाएर दवावमा परेको कञ्चनपुरका कुनै पनि खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । कप्तान रेखा रावलले वनाएको ५ रन नै सवैभन्दा वढी रन हो । कञ्चनपुरका खेलाडीको व्याटवाट २१ रन मात्रै वनेको अवस्थामा १४ रन अतिरिक्त पाईएको हो । कञ्चनपुरलाई कम रनमा समेट्नका लागि एपिएफकी विनु वुढा मगर, करुणा भण्डारी, सीता रानामगर र सरीता मगरले २÷२ विकेट लिईन् । ईन्दु वर्मा र सोनु खड्काले १÷१ विकेट लिईन् ।

३६ रनको झिनो लक्ष्य लिएर मैदान ओर्लिएको एपिएफले ५ ओभरमै २ विकेट क्षतीमा विजय लक्ष्य भेट्टायो । जितमा ज्योती पाण्डेयले १२ रन वनाईन् भने सीता मगर र ममता चौधरीले ६÷६ रन वनाईन् । जितमा एपिएफका खेलाडीले २७ रन व्याटवाट जोड्दा ९ रन अतिरिक्त पायो । कञ्चनपुरकी डली भट्टले २ विकेट लिईन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी सीता मगर वुमन अफ द म्याच भईन् । उनले नगद ३ हजार हात पारिन् ।

प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा राईजिग क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा कञ्चनपुर ११ र मिलन क्रिकेट एकेडेमी झापा विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

September 21, 2024

चापाकोटमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिकामा यसै महिना वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।  चापाकोट नगरपालिकाको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा प्रतियोगितामा असोज १८ गते सुरु हुने बताइएको छ। प्रतियोगिताका संयोजक सागर पंगेनीले वडा भित्र सदभाव बढाउनुका साथमा क्रिकेट खेलको विकास र खेलप्रति आकर्षक प्रतियोगिता आयोजना गर्न लागेको बताए। चापाकोट ९ सुन्तलीटारस्थित […]

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

Success

Thank you for your time.