8 years ago
May 4, 2017
धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एपिएफले पहिलो दिन बिहीबार मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराएको छ ।
मिलन क्रिकेट एकेडेमीविरुद्ध अर्धशतक पुरा गरेपछि एपिएफकी ज्योती पाण्डे (दायाँ) लाई बधाई दिने क्रममा करुणा भण्डारी ।
९४ रनको लक्ष्य पछ्याएको एपिएफले ज्योती पाण्डेको अविजित अर्धशतकसँगै १५.५ ओभरमा ३ विकेट गुमाएर ९६ रन बटुलेको थियो । पुरा इनिङ ब्याटिङ गरेकी ओपनर ज्योतिले ४७ बलमा ५५ रन बनाएकी थिइन् । उनले ९ चौका प्रहार गरिन् ।
त्यस्तै करुणा भण्डारीले १८ बलमा अविजित ३२ रन बनाएकी थिइन् । चौथो विकेटका लागि ज्योती र करुणले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । रितु कनौजियाले ४ रन बनाइको खेलमा एपिएफका सिता राना मगर र सरिता मगरले रनको खाता खोल्न सकेनन् । मिलनका लागि संगिता राईले २ तथा कप्तान रुविना क्षेत्रीले १ विकेट लिएकी थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मिलनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९३ रन बनाएको थियो । सरस्वती चौधरी र भेन्सी चौधरीले पाँचौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै टोलीलाई सम्मान जनक अवस्थामा पुर्याएका थिए । सरस्वती २१ र भेन्सी १९ रनमा अविजित रहेका थिए ।
रितु जैनले १९ तथा ओपनर कप्तान रुविनले १४ रन बनाइकी थिइन्। अर्की ओपनर काजोल श्रेष्ठले खाता खोल्न सकिनन् । एपिएफकी करुणाले १ विकेट लिइन् । बाँकी ३ खेलाडी रन आउट भएका थिए । एपिएफकी ज्योती प्लेयर अफि दी म्याच घोषित भएकी थिइन् ।
युनाइटेड अत्तरिया स्पोर्टस क्लबले आयोजना गरेको महिला राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा ६ क्लबको सहभागिता रहेको छ । को आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपिएफ, मिलनसहित कञ्चनपुर महिला क्रिकेट टोली छ् । त्यस्तै समूह बीमा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र बारा क्रिकेट एकेडेमी रहेका छन् ।
प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । विजेताले उपाधि सहित २ लाख रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ पाउनेछिन् । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]