8 years ago
May 4, 2017
कोलकाता (एजेन्सी) – ओपनर राहुल त्रिपाठीले ९३ रनको आक्रमक पारी खेलेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत बुधबार भएको खेलमा राइजिङ पुने सुपरजाएन्टसले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ।
१ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा राहुलले ५२ बलको सामना गर्दै ९ चौका र ७ छक्का प्रहार गरेका थिए। जितको लागि ६ रन आवश्यक हुँदा उनको विकेट खसेको थियो। पुनेका लागि बेन स्टोक्सले १४ र अजिन्क्या रहानेले ११ रन बनाएका थिए। कोलकाताका क्रिस वोक्सले ३ विकेट लिए।
पहिलो ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन जोडेको थियो। क्लिन्टन डे ग्रान्डहोमले १९ बलमा ३६ रन र सुर्यकुमार यादवले १६ बलमा ३० रन बनाएपछि कोलकाताले राम्रो योगफल खडा गरेको थियो। मनिष पाण्डेले ३७ रन बनाउँदा कप्तान गौतम गम्भीर २४ रन जोड्न सफल रहे।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]