default_image

8 years ago

May 3, 2017

दिल्लीको शानदार जित

126 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेको हैदराबादले राखेको १ सय ८६ रनको लक्ष्यलाई ५ बल खेल्न बाँकी रहँदै दिल्लीले ४ विकेटको क्षतिमा पुरा गरेर जित हासील गरेको थियो।

दिल्लीका लागि ओपनर सञ्जु स्यामसनले २४, करुण नायरले २० बलमा ३९, ऋषव पन्तले ३४ रन र श्रेयस एैयरले २५ बलमा ३३ बनाएका थिए। यसबाहेक कोरी एन्डर्सन २४ बलमा अविजित ४१ तथा मोरिसले १५ रनमा अविजित रहेका थिए। मोहम्मद सिराजले २ तथा भुवनेश्वर कुमारले १ विकेट लिएका थिए।

यसअघि पारीको अनत्यतिर युवराज सिंहको ब्याटिङ चलेपछि हैदराबादले ३ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। उनले ४१ बलमा १ छक्का र ११ चौकाको सहयोगले अविजित ७० रन बनाएका थिए।

कप्तान डेभिड वार्नर (३०), शिखर धवन (२८) र केन विलियम्सन (२४) ९२ रनको योगफलमा आउट भइसकेको स्थितिमा युवराजले बिस्फोटक ब्याटिङ गरेका थिए। उनले मोएसिस हेनरिकेस (२५) सँग मिलेर चौथो विकेटका लागि पछिल्लो ५० बलमा अविजित ९३ रन बनाएका थिए।

वार्नर र केन विलियम्सनलाई आउट गरेका मोहम्मद सामी खेलको म्यान अफ दि म्याच घोषित भए।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.