8 years ago
May 2, 2017
काठमाडौं, वैशाख १८ गते– राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप कप्तान ममता थापा विवाह बन्धनमा बाधिएकी छिन् । बाँकेकी ममताले आफ्नै जिल्लाका सूर्य खड्कासँग आइतबार विवाह गरेकी हुन् ।
पति सूर्यका साथ ममता ।
त्यस्तै भलिबल खेलाडी प्रज्वल मल्लले बाँके कोहलपुरकी कविता शाहीसँग विवाह गरेका छन् । प्रज्वल पुलिसमा आवद्ध छन् ।
पछिल्लो समय सञ्चारकर्मीका रुपमा क्रियासिल ममता नेपाली महिला क्रिकेटको पहिलो पुस्ताकी खेलाडी हुन् । अहिले पनि उनी मध्यपश्चिम क्रिकेट टोलीको कप्तानका रुपमा सक्रिय छिन् ।
पत्नी कविताका साथ प्रज्वल ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]