default_image

8 years ago

May 2, 2017

पुनको जितमा स्टोक्सको शतक

133 views

0 Bookmark

पुने (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा राइजिङ पुने सुपरजाएन्ट्सले गुजरात लायन्सलाई ५ विकेटले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेर गुजरातले १९ ओभर ५ बलमा सबै विकेट गुमेर १ सय ६१ र बनाएको थियो। गुजरातका लागि ओपनरद्वय इशान किसन र ब्रेण्डन मक्कुलमले राम्रो सुरुवात दिलाएका थिए। किसनले २४ बलमा ३१ रन जोडे भने मक्क्कुलमले ५ चौका र २ छक्काको मद्दतले ४ रन बनाए।  मध्यक्रममा दिनेश कार्तिकले २९ रन बनाएपछि गुजरातले राम्रो योगफल तयार गरेको थियो। पुनका लागि जयदेव उनद्कट र इमरान ताहिरले ३/३ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पुनेले निकै खराब सुरु गरेको थियो। १० रनको स्थितिमा ३ विकेट गुमाएको पुनेका लागि शीर्ष ४ ब्याट्सम्यानले जम्मा १४ रन जोडेका थिए। मध्यक्रममा बेन स्टोक्सले उत्कृष्ट पारी खेलेपछि पुनको जित सम्भव भएको थियो।

स्टोक्सले ६३ बल खेल्दै अविजित १ सय ३ रन बनाए। उनले ७ चौका र ६ छक्का प्रहार गरेका थिए। उनलाई धोनीले ३३ बलमा २६ बनाएर साथ् दिए। क्रिस्टियनले अन्त्यमा ८ बलमा १७ रन जोडेका थिए। गुजरातका लागि प्रदिप सांगवन र बसिल थम्पीले २/२ विकेट लिए।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.