8 years ago
May 1, 2017
भारत (एजेन्सी)- आज भएको इन्डियन प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेंजर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै जारी सिजनमा प्ले अफमा स्थान पक्का गर्ने पहिलो टोली भएको छ।
खेलमा पहिले ब्याटिंग गरेको खराब फर्ममा रहेको टोलि रोयल च्यालेंजर्स बैंगलोरले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। बैंगलोरका लागि ए बि डीभिलियर्सले सर्वाधिक ४३ रन प्रहार गरेका थिए । पवन नेगीले ३५, केदार जादवले २८, मन्दिप शिंहले १७, कोहलीले २० तथा हेडले १२ रनको योगदान दिएका थिए।
मुम्बईका लागि मिचेलले ३, कुर्नाल पाण्डेले २ तथा बुम्राह र कर्नले १-१ विकेट लिएका थिए। १ सय ६३ रनको लक्ष्य लिएर ब्याटिंग गर्न उत्रेको मुम्बईले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्बाधिक ५६ रन प्रहार गरेका थिए भने बटलरले ३३, नितिश रानाले २७, पोल्लार्डले १७ तथा हार्दिक पान्डयले १४ रन प्रहार गरेका थिए। रोयल च्यालेंजर्स बैंगलोरका लागि पवन नेगीले २ तथा अनिकेत चौधरी, चाहाल र वाटसनले १-१ विकेट लिएका थिए। खेलको म्यान अफ द म्यात्च रोहित शर्मा घोषित भए।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]