default_image

8 years ago

April 30, 2017

सुपर ओभरमा मुम्बईको जित

108 views

0 Bookmark

राजकोट (एजेन्सी) – जस्प्रित बुमराहले सुपर ओभरमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई सुपर ओभरमा पराजित गरेको छ।

खेलमा पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो। गुजरातका लागि ओपनर इशान किशनले ३५ बलमा ४८ रन बनाएका थिए। रबिन्द्र जडेजाले २१ बलमा २८ रन र एन्ड्रयु टाईले १२ बलमा २५ रन जोडेपछि गुजरातले राम्रो योगफल खडा गरेको थियो। मुम्बईका लागि क्रुनाल पाण्ड्याले ३ विकेट लिए भने लासिथ मालिंगा र बुमराहले २/२ विकेट खसाले।

जवाफी ब्याटिङमा उत्रेको मुम्बईले सबै विकेट गुमाउँदै समान १ सय ५३ रन जोड्यो। ओपनर पार्थिब पटेलले ४४ बलमा ७० रन जोडेका थिए भने नितिश रानाले १६ बलमा १९ रन बनाए। बलिङमा राम्रो प्रदर्शन गरेका क्रुनालले २० बलमा २९ रन बनाए। अन्तिम बलमा रनआउट भएका उनले २ चौका र १ छक्का प्रहार गरेका थिए।

सुपर ओभरमा गुजरातका जेम्स फक्नरले २ विकेट लिएका थिए। पोलार्डले सुपर ओभरमा १० रन जोडेका थिए। जवाफमा मक्कुलम र फिन्चको जोडीले बुमराहको बलिङ खेल्न नसकेपछि मुम्बईको जित भएको थियो। बुमराहले आफ्नो सुपर ओभरमा २ एक्स्ट्रासहित जम्मा ६ रन दिए।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.