8 years ago
April 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेट परिषद (आइ.सी.सी.)ले विश्व क्रिकेट लिग च्याम्पीयनसिप अन्तर्गत नेपाल र हङकङबीच हुने खेलको मिति तय गरेको छ। नेपालले लिग अन्तर्गत ११औं र १२ औं खेल दुवै हङकङकै घरेलु मैदानमा खेल्ने भएको हो।
आइसीसीको वेबसाइटमा जनाए अनुसार नेपालले हङकङसंग यहि आश्विन २७ र २९ गते (अक्टोबर १३ र १५) हङकङ स्थित मङ हकमा २ खेल खेल्नेछ। नेपाल र हङकङबिचको खेल टिन क्वोङ रोड रिक्रिएसन मैदानमा खेलिनेछ।
नेपालले डब्लुसीएल च्याम्पीयनसिपमा १० खेल खेल्दै ८ अंक जोडेको छ। अंक तालिकाको छैठौं स्थानमा रहेको नेपालले विश्वकप छनोट खेल्न आफ्नो बाँकी रहेका ४ खेल जित्नैपर्ने स्थिति रहेको छ। नेपालको प्रतिद्वन्द्वी हङकङले भने १० खेलमा ११ अंक जोड्दै तालिकाको तेश्रो स्थानमा छ।
नेपालले युनाइटेड अरब इमिरेट्स (यु.ए.ई) संग पनि २ खेल खेल्न बाँकी छ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]