9 years ago
October 16, 2015
१९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डा बिरुद्ध १७१ रनको सानदार जित हात पारेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान राजु रिजालको शतकसँगै युगान्डालाई २४३ रनको चुनौति दिएको थियो ।
मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन बनायो । रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। आरिफ शेखल ५४ र योगेन्द्र सिंह कार्कीले ३० रन जोडे।
२४३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको युगान्डा ३६.२ ओवर मा ७१ रन मै सिमित रह्यो । नेपालको लागि दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिए ।
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]
February 20, 2025
एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]