default_image

8 years ago

April 29, 2017

पन्जाबविरुद्ध हैदराबादको जित

93 views

0 Bookmark

एजेन्सी – इन्डिएन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबलाई २६ रनले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रन जोडेको थियो। कप्तान डेविड वार्नरले २७ बलमा ५१ रन जोड्दै पारीलाई उत्कृष्ट सुरुवात दिए। शिखर धवनले पनि ४८ बलमा ७७ रन बनाएर रनको गतिलाई बढाएका थिए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका केन विलिएमसनले २७ बलमा अविजित ५४ रन बनाएपछि हैदराबादले २ सय रन कटाएको थियो।

युवराज सिंहले २ चौकाको मद्दतले १२ बलमा १५ रन बनाए। पन्जाबका ग्लेन म्याकस्वेलले २ विकेट तथा मोहित शर्माले १ विकेट लिए।

जवाफि ब्याटिङमा उत्रिएको पन्जाबले राम्रो सुरुवात लिएपनि २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८१ रनमात्र जोड्न सक्यो। ओपनर मार्टिन गप्तिलले राम्रो सुरुवात दिएपनि त्यसलाई निरन्तरता दिन नसक्दा पन्जाबले सुरुवाती विकेट गुमायो। गप्तिलले ११ बलमा २३ रन बनाए भने मनन वोहराले ५ बलमा ३ रन जोडे। कप्तान ग्लेन म्याक्स्वेल शुन्यमा पेभेलियन फर्किंदा पन्जाब ४२/३ को स्थितिमा पुगेको थियो।

सन मार्स र ओइन मोर्गनले ७३ रनको साझेदारी गर्दै टोलीलाई उकास्न खोजेका थिए। मोर्गनले २१ बलमा २६ रन बनाए। मार्शले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा १४ चौका र २ छक्काको मद्दतले ८४ रन बनाए। अन्य कुनै ब्याट्सम्यानल ठुलो योगदान नदिएपछि पन्जाब १ सय ८१ रनमा सिमित भयो।

हैदराबादका लागि रशिद क्खानेल ४ ओभरमा जम्मा १६ रन खर्चेर १ विकेट लिए। उनि खेलको म्यान अफ द म्याच पनि भए। आशिष नेहरा र सिद्दार्थ कलले ३/३ विकेट लिए भने भुवनेश्वर कुमारको नाममा २ विकेट रह्यो।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.