default_image

8 years ago

April 28, 2017

दिल्लीमाथि कोलकाताको जित

135 views

0 Bookmark

कोलकाता (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले लगातार दोश्रो शतकीय साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गरेको छ

खेलमा पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो। ओपनर सन्जु स्याम्सनले ३८ बलमा ६० रन जोडे भने श्रेयस ऐरले ३४ बलमा ४७ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले ठुलो स्कोर बनाउन नसक्दा दिल्लीको अन्त्य खराब भएको थियो। कोलकाताका लागि नाथन कोल्टरनाइलले ३ विकेट लिए भने उमेश यादव र सुनिल नारायणले १/१ विकेट बाँडे।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले फर्ममा रहेका ओपनर नारायणलाई दोश्रो ओभरमै गुमायो तर कप्तान गम्भीर र उथाप्पाले फेरी एकपटक शतकीय साझेदारी गरेपछि कोलकाताले सहज जित दर्ता गर्यो १ सय ८ रनको साझेदारीमा उथाप्पाले आउट हुनुअघि ३३ बलमा ५९ रन जोडे म्यान अफ द म्याच समेत रहेका गौतम गम्भीरले ५२ बलमा अविजित ७१ रनको उत्कृष्ट पारी खेलेदिल्लीका लागि कागीसो रबाडाले २ विकेट लिएका थिए

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.