8 years ago
April 28, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार राती भएको खेलमा गुजरात लायन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गरेको छ।
पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गर्दै ४९ रनमा अलआउट भेएको बेंगलोरले यस खेलमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेन। निर्धारित २० ओभरमा सबै विकेट गुमाउनुअघि उसले १ सय ३४ रनमात्र जोड्न सक्यो। लगातारको खेलमा शीर्षक्रमको ब्याटिङ चल्न नसकेपछि मध्यक्रमका ब्याट्सम्यानले टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। बेंगलोरका लागि पवन नेगीले ३२ रन बनाए भने केदार जाधवले ३१ रन जोडेका थिए। गेल (८), कोहली (१०) र डि भिलिएर्स (५)ले फेरी निराश बनाएका थिए।
गुजरातका लागि एन्ड्रयु टाईले उत्कृृष्ट बलिङ गर्दै ४ ओभरमा १२ रनमात्र खर्चेर ३ विकेट लिए। रविन्द्र जडेजाले २ विकेट लिए भने अंकित सोनी, जेम्स फक्नर र बसिल थम्पीको नाममा पनि १/१ विकेट रह्यो।
जवाफि ब्याटिङमा उत्रिएको गुजरातले आफ्ना दुवै ओपनरलाई चाँडै गुमाएपनि तेश्रो विकेटको साझेदारीले खेलमा पकड बनाएको थियो। कप्तान सुरेश रैना र आरोन फिन्चले ९२ रनको साझेदारी गरेपछि टोलीले सहज जित हात पारेको थियो। रैनाले ३० बलमा अविजित ३४ रन बनाए भने फिन्चले ३४ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७२ रन जोडेका थिए। गुजरातले १४औं ओभरको पाँचौ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।
बेंगलोरका स्यामुएल बद्रीले २ विकेट लिए भने पवन नेगीको नाममा १ विकेट रह्यो। गुजरातका लागि उत्कृष्ट बलिङ गरेका टाई म्यान अफ द म्याच भए।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]