default_image

8 years ago

April 27, 2017

नेपाली खेलाडीले १५ महिनादेखि रोकिएको तलब पाउने

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विगत १५ महिनादेखि रोकिएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब उपलब्ध गराउने भएको छ।

आईसीसीको बिहिबार बसेको बोर्ड बैठकले नेपाली खेलाडीको रोकिएको१५ महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको हो । क्यानले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘क्यान निलम्बन फुकुवा समधानतर्फ गइरहेको छ । जुन कारण आईसीसी नेपाली राष्ट्रिय खेलाडीलाई तलब उपलब्ध गराउन सहमत भयौं । खेलाडीले रोकिएको तलब छिट्टै पाउनेछन्।’ दुवईमा बसेको आइसीसीको डेभलपमेन्ट कमिटिले क्यान विवाद समाधानतर्फ उन्मुख भएकाले तलब भत्ता उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको हो ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै आईसीसीले क्यानको बैंक खाता रोकेको थियो । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि आईसीसीले विभिन्न अन्तर्राष्ट्रिय खेल खेल्न पाउने व्यवस्था गरेपनि तलब भत्ता भने रोकिएको थियो ।

क्यान विवाद समाधानका लागि आईसीसीले गत कात्तिकमा क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र व्यवसायी वसन्त चौधरीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको थियो ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.