8 years ago
April 27, 2017
पुने (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले उत्कृष्ट ब्याटिङ मद्दतले कोलकाता नाइट राइडर्सले घरेलु टोली राइजिङ्ग पुने सुपरजाएन्टसलाई ७ विकेटले पराजित गरेको छ।
टस जितेर फिल्डीङ रोजेको कोलकाताले पहिलो इनिङमा पुनेलाई २० ओभरमा ५ विकेट गुमाउदै १८२ रनमा रोकेको थियो। ओपनरद्वय अजिंक्य रहाने र राहुल त्रिपाठीले आफ्नो राम्रो फर्मलाई जारी राख्दै पुनलाई राम्रो सुरुवात दिलाए। रहानेले ४१ बलमा ४६ रन बनाए भने त्रिपाठीले २३ बलमा आक्रामक ३८ रन जोडे।
मध्यक्रममा कप्तान स्टिभ स्मिथले ३७ बलमा ५१ रनको अर्धशतकिय पारी खेल्दै टोलीलाई सम्हालेका थिए। धोनीले चौथो नम्बरमा ब्याटिङ गर्दै ११ बलमा २ छक्का र १ चौकाको मद्दतले २३ रन जोडे भने ड्यान क्रिस्टियनले ६ बलमा २ छक्का प्रहार गर्दै १६ रन बनाए। कोलकाताका लागि कुलदिप यादवले २ विकेट लिए भने सुनील नारायण, पियुष चावला र उमेश यादवले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रेको कोलकाताको लागि सुनिल नारायणले एकपटक फेरी आक्रामक सुरुवात दिलाए। शार्दुल ठाकुरको उत्कृष्ट फिल्डीङमा रनआउट हुनु अघि उनले ११ बलमा १६ रन बनाए। दोश्रो विकेटका लागि रोबिन उथाप्पा र गौतम गम्भीरले १ सय ५८ रनको साझेदारी गरेपछि कोलकाताले सहज जित हात पार्यो। उथाप्पा १२ रनको स्थितिमा छँदा उनदकटले उनको क्याच ड्रप गरेका थिए।
गम्भीरले ४६ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतले ६२ रन बनाए। उथाप्पाले आक्रमक ब्याटिङ प्रदर्शन गदै ७ चौका र ६ छक्का प्रहार गरे। उनले ४७ बलमा ८७ रन बनाएका थिए। पुनेका लागि ड्यान क्रिस्टियन र जयदेव उनदकटले १/१ विकेट लिए।
खेलको म्यान अफ द म्याच ३ स्टम्पिङका साथै उत्कृष्ट ब्याटिङ गरेका रोबिन उथाप्पा भए।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]