8 years ago
April 25, 2017
मुम्बई (एजेन्सी) – अम्पायरको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई आफ्नो खेल शुल्कको ५० प्रतिशत जरिमाना लगाईएको छ ।
आइपीएल अन्तर्गत राइजिंग सुपर जाइन्ट्स पुनेसंगको खेल दौरान आम्पायरको निर्णय प्रति असन्तुष्ट रहदै विरोध गरेका रोहितलाई खेलको आचार संहिता उलंगन गरेको भन्दै म्याच रेफ्री जभगाल श्रीनाथले रोहितलाई दोषी पाएका हुन् । आचार संहिताको अनुच्छेद २.१.५ अन्तर्गत रोहितलाई दोषी ठहराइएको हो । रोहितले आरोप स्वीकारेका छन् ।
पुनेविरुद्धको खेलमा मुम्बईलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो । पहिलो बलमा हार्दिक पान्डेयालाई आउट गरेपछि दोस्रो बलमा रोहितले छक्का प्रहार गरेका थिए । खेलको तेस्रो बल अफ स्टम्प देखि निकै बाहिर आएपछि रोहितले त्यस बललाई ‘लिभ’ गरेका थिए तर अम्पायर सुन्दराम रभीले उक्त बल वाइड नदिदा रोहित उनीसंग बहस गरेपछि स्क्वायर लेगका अम्पायरले नन्द किशोरले उनलाई सम्झाएका थिए । त्यसको लगतै अर्को बलमा रोहित आउट भएपछि मुम्बईले खेल ३ रनले गुमाउनु परेको थियो ।
खेलको तेस्रो बल अफ स्टम्प देखि निकै बाहिर आएपछि रोहितले त्यस बललाई ‘लिभ’ गरेका थिए
आम्पायरले वाइड नदिएपछि रोहितले बहस गरेका थिए
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]