8 years ago
April 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – धनगढीमा भर्खरै सम्पन्न धनगढी प्रिमीएर लिगको उपाधि टिम चौराहा धनगढीले जित्दा उसले एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई पराजित गरेको थियो। लिग चरणमा २ जित र ३ हार व्यहोरेको काठमाडौँका लागि निकै आशा गरिएका ब्याट्सम्यान नरेश बुढाएरले खराब प्रदर्शन गरे। निकै आशा गरिएका नरेशले राम्रो प्रदर्शन गर्न नसकेपछि काठमाडौँ एलिमिनेटरमै रोकिएको थियो।
काठमाडौँका लागि सबै ६ खेलमा ओपनरको भूमिका निभाएका उनले १०५ बलको सामना गर्दै ६१ रनमात्र जोड्न सके। एलिमिनेटरमा चौराहा विरुद्ध बनाएको २९ रननै उनको सर्वाधिक स्कोर रहेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा १९ बल खेल्दै ६ रन जोडेका नरेशले दोश्रो खेलमा कन्चनपुरविरुद्ध ९ बलमा १० रन जोडे। बिराटनगरविरुद्धको खेलमा शरद भेषावकरको बलमा बोल्ड आउट हुनुअघि उनले २२ बल खेल्दै १३ रन जोडेका थिए।
रुपन्देही विरुद्धको खेलमा शुन्यमै आउट भएका नरेशले समूह चरणको अन्तिम खेलमा ३ रन मात्र जोड्न सके। एलिमिनेटरमा २९ रन जोडेर टोलीलाई राम्रो सुरुवात दिएपनि जित दर्ता गर्न नसकेपछि काठमाडौँ गोल्डेन्सको डीपिएल यात्रा समाप्त भएको थियो।
डिपिएल अक्सनमा काठमाडौँ गोल्डेन्सले नरेशलाई अनुबन्धन गर्न ९५ हजार रुपैयाँ खर्च गरेको थियो। रुपन्देही च्यालेन्जर्सले लगाएको ८० हजारलाई ८५मा उछिनेको काठमाडौँले टिम चौराहाको ९० हजारको बोलीलाई पछि पार्दै नरेशलाई आफ्नो टोलीमा समावेश गरेको थियो। कप्तान वसन्त रेग्मी र सोमपाल कामी पछि नरेशनै काठमाडौँका महँगा खेलाडी थिए।
प्रतियोगिताको तथ्यांकलाई मध्यनजर गर्दै हाम्रो खेलकुदले मापन गरेको खेलाडीको प्रदर्शन हेर्ने हो भने, नरेशले जारि प्रतियोगितामा बनाएको ६१ रनले उनले निकै कमजोर प्रदर्शन गरेको जताउछ। उनले (रु ९५,०००/६१ रन) = रु. १५५७.३७७ प्रति रनको हिसाबमा रन बनाएका थिए। जुन प्रतियोगिताको औसत प्रति रन रु. ५३५.४२८६ भन्दा झन्डै तिन गुणा बढी हो। उनको तुलनामा काठमाडौँ गोल्डेन्सका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे।
अक्सनमा रु. ३५,०००मा बिकेका गोल्डेन्सका सुमित महर्जनले प्रतियोगिताभर ११९ रन जोडे। उनले प्रति रन रु. २९४.११को हिसाबमा रन बनाए जुन प्रतियोगिता औसतभन्दा धेरै राम्रो रहेको थियो।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]