8 years ago
April 24, 2017
कोलकाता (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा १ सय ३२ रनको सामान्य लक्ष्य पछ्याएको बेगंलोर ४९ रनमा अलआउट भएपछि घरेलु टोली कोलकाता नाइट राइडर्सले ८२ रनको जित दर्ता गरेको छ।
कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन नसकेको बेंगलोरको पारी पहिलो ओभरमा विराट कोहली गोल्डेन डक भएसंगै खस्किएको थियो। १०औं ओभरको चौथो बलमा सबै विकेट गुमाउनु अघि बेंगलोरले ४९ रनमात्र जोड्न सक्यो। एबी डे भिलियर्सले ८ रन जोड्दा कोदार जाधवले सरवाधिक ९ रन बनाएका थिए।
कोलकाताका लागि विदेशी खेलाडीहरु क्रिस वोक्स, क्लिन्टन डे ग्रान्डहम र नाथन कोल्टर-नाइलले समान ३/३ विकेट लिएका थिए। उमेश यादवको नाममा पनि १ विकेट रह्यो। यो आइपिएल इतिहासकै सबैभन्दा कम र टि-२० क्रिकेटको १०औं कम स्कोर हो।
यसअघि पहिलो ब्याटिङ गरेको कोलकाताले पुन: एकपटक सुनिल नारायणको आक्रमक सुरुवात पाएको थियो। १७ बलमा ३४ रन जोडेका सुनिलले ६ चौका र १ छक्का प्रहार गरेका थिए। २०औं ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउनुअघि कोलकाताले १ सय ३१ रन जोड्यो। वोक्सले १८ रन जोड्दा सुर्यकुमार यादव र मनिष पाण्डेले १५/१५ रन जोडे।
बेंगलोरका लागि ६ बलरहरुले विकेट लिएका थिए। युजवेन्द्र चहलले ३ विकेट लिंदा टिमल मिल्स र पवन नेगीको नाममा २/२ विकेट रह्यो। स्यामुएल बद्रि, सटुअर्ट बिन्नी र श्रीनाथ अरवीन्दले पनि १/१ विकेट लिए।
कोलकातालाई राम्रो बलिङ सुरुवात दिएका कोल्टर नाइल खेलको म्यान अफ द म्याच भए।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]