8 years ago
April 23, 2017
राजकोट (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा किङ्ग ११ पन्जाबले गुजरात लायन्सलाई २६ रनले पराजित गरेको छ । हासिल आम्लाको उच्च प्रदर्शन जारि रहदा पन्जाबले प्रतियोगितामा तेस्रो जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा पुगेको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो । अघिल्लो खेलमा शतक बनाएका हासिम आमलाले ४० बलको सामना गर्दै ६५ रन बनाएका थिए । त्यस्तै सन मार्सले ३० तथा ग्लेन म्याक्सवेलले ३१ रनको योगदान दिए ।
गुजरातकालागि एन्ड्रेउ टाईले २ विकेट लिए भने सुभम अग्रवाल, नाथु सिंह, रबिन्द्र जडेजा र ड्वैन स्मिथले समान १-१ विकेट लिए ।
दोस्रो ईनिंगमा १८९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १६२ रन मात्र बनाउन सफल भयो । पहिलो ओभरको अन्तिम बलमा आफ्नो महत्वपूर्ण ब्याट्सम्यान ब्रेन्डेन म्याकलमलाई गुमाएपछि दबाबमा आएको गुजरातकालागि दिनेश कार्तिकको ४४ बलमा ५५ रन बनाएपनि उनलाई सुरेश रैना ३२ र एन्ड्रेउ टाई(२२) बाहेक कसैले साथ् दिएन ।
पन्जाबका अक्सर पटेल , कसी करिप्पा र सन्दिप शर्माले २ विकेट लिए भने मोहित शर्माले १ विकेट लिए । हासिम आमला खेलको म्यान अफ द म्याच भए ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]