8 years ago
April 23, 2017
मुम्बई (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गतको खेलमा मुम्बईले घरेलु मैदानमा दिल्लीबिरुद्द १४ रनको जित हासिल गर्दै शिर्षस्थानमा आफ्नो उपस्थिति कायम राखेको छ ।
टस हारेर पहिले ब्याटिंग गरेको मुम्बईले दिल्लीसामु प्रस्तुत गरेको १४३ रनको लक्ष्य रक्षा गर्दै प्रतियोगितामा लगातार छैटौ खेलमा विजयी भएको हो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मुम्बईले १४२ रन तयार पारेको थियो । जोस बटलरले १८ बलमा २८ रनको योगदान दिएका थिए भने केरोन पोलार्डले २६ , हार्दिक पान्डेयाले २४ र क्रुनाल पान्डेयाले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन । दिल्लीका अमित मिश्रा र प्याट कमिन्ग्सले २ विकेट लिए भने कगीसो रबडाले १ विकेट लिए । मुम्बईका ३ खेलाडी रन आउट भएका थिए ।
१४३ रनको लक्ष्य पछ्याएको दिल्लीले सुरुआतबाट लय समात्न सकेन । १ रनमा आफ्नो ओपनर आदित्य तारेलाई गुमाएको दिल्लिले २४ रन बनाउदा ६ विकेट गुमाएको थियो । क्रीस मोरिस र कगीसो रबाडाले सातौ विकेटमा ९१ रनको साझेदारी बनाउदै देल्ली खेलमा फर्काउने प्रयास गरे पनि पनि अघिल्लो क्रमको ब्याट्सम्यानहरुले गरेको खराब सुरुआतको कारण देल्लीले प्रतियोगितामा चौथो पराजयको सामना गर्नु परेको थियो । रबाडाले ४४ रन जोडेका थिए भने मोरिस ५२ रनमा नट आउट रहे ।
म्याकक्लेनागन ३ विकेट लिदै खेलको म्यान अफ द म्याच रहे भए जस्प्रित ब्रुमराहले २ तथा हार्दिक पान्डेयाले १ विकेट लिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]