8 years ago
April 22, 2017
धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको फाइनल अघि सम्म उच्च प्रदर्शन गरेको विराटनगर किङ्सले उपविजेताका रुपमा प्रतियोगिताको अन्त्य गरेको छ । नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्का नेतृत्वमा रहेको धनगढी टिम चौराहासँगको फाइनल विराटनगरले ६२ रनले गुमाएको थियो ।
प्लेयर अफ द टुर्नामेन्ट घोषित भएपछि विराटनगर किङ्सका सुशिल कंडेल ।
लिग चरणमा सुरुका तीन खेल हारेको चौराहा त्यसपछिका लगातार पाँच खेलमा अपराजित रहँदै च्याम्पियन बनेको छ । विराटनगरविरुद्ध ३० बलमा ४ चौका र ४ छक्का बनाएका आरिफ शेख प्लेयनल चुनिए । टिम चौराहाले उपापधिसहित १५ र विराटनगरले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
विराटनगरले अर्को व्यक्तिगत पुरस्कार जित्ने क्रममा बलर सुशिल कंडेल प्रतियोगिताका प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले टिभीसी अपाचे आरटिआर बाईक पुरस्कार बापत पाएका थिए। प्रतियोगितामा उनले सार्वधिक १७ विकेट लिएका थिए । सशिलले २ पटक ४ विकेट लिएका थिए ।
कन्चनपुर आइकोनिकसँगको खेलमा ४ ओभरमा १ मेडेन सहित ८ रन खर्चेका उनले ४ विकेट लिएका थिए । रुपन्देही च्यालेन्जर्ससँगको खेलमा पनि उनको नाममा ४ विकेट नै रह्यो । प्रतियोगितामा रुपन्देही च्यालेन्जर्सका शाह आलमले १६ र कृष्ण कार्कीले १३ विकेट लिएका थिए ।
प्रतियोगितामा सबैभन्दा धेरै रन चौराहाका कप्तान पारसको नाममा रह्यो । उनले ८ इनिङ्समा रुपन्देहीविरुद्ध दोस्रो इलिमिनेटर ६७ रनको उच्च ब्यक्तिगत स्कोर सहित डिपिएलमा १ सय ७५ रन बनाए । उनकै टोलीका आरिफले १ सय ६८ रन र अनिल मण्डलले १ सय ५१ रन बनाएका थिए ।
फिल्डिङमा सिवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्ल अगाडि रहे । लिग चरणबाटै टोली बाहिरिएपछि ज्ञानेन्द ५ क्याच लिन सफल भए । सफल विकेटकिपरका रुपमा चौराहाका राजु रिजालले रहे । उनले ९ क्याच र १ स्टम्पिङ सहित कुल १० खेलाडीलाई आउट पार्न सहयोग गरे ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]