default_image

8 years ago

April 22, 2017

डिपिएलको उपाधि चौराहालाई

99 views

0 Bookmark

धनगढी (हाम्रो खेलकूद) – टिम चौराहा धनगढीले धनगढी प्रिमिएर लिगको उपाधि जितेको छ। आज भएको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो आरीफ शेखको उत्कृष्ट प्रदर्शनको मद्दतले १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको चौराहाले बिराटनगरलाई ९७ रनमा रोकेको थियो

ठुलो लक्ष्य पछ्याएको बिराटनगरले चौथो ओभरमा आफ्नो ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ३ रनमा सुशन भारीको बलमा आउट भएका थिए। अमित श्रेष्ठले २७ बलमा २६ रन बनाएका थिए भने अनिल साहले १३ रन जोडे। दिपेन्द्र सिंह ऐरीले पनि १३ रन जोड्दै मध्यक्रम सम्हाल्ने कोसीस गरेका थिए। तर लगातार विकेट खसेपछि बिराटनगरको जित्ने आशा पातलिंदै गएको थियो। कप्तान शरद २ रन जोड्दै आउट भएका थिए भने पवन शर्राफले पनि २ रन मात्र बनाए।

प्रनित थापा मगरले २२ बलमा २७ रन बनाएर केहि आशा जगाएपनि अर्को तर्फबाट साथ नपाऊँदा बिराटनगर हारतर्फ उन्मुख भएको थियो बिराटनगरका जितेन्द्र मुखिया र सुशील कँडेलले खाता खोल्न सकेनन् चौराहाका लागि सुशन भारीले ३ विकेट लिएका थिए भने सौरभ खनाल र आसिफ शेखले २/२ विकेट लिए। ललित राजवंशी र रामनरेश गिरीको नाममा १/१ विकेट रह्यो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चौराहाले पनि राम्रो सुरुवात गर्न सकेको थिएन ४ रनको स्थितिमा दुवै ओपनरलाई गुमाएको चौराहाले मध्यक्रमको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। ओपनर राजु रिजाल शुन्यमा आउट भए भने अनिल कुमार मण्डलले २ रन मात्र जोडेका थिए। दुवै ओपनरलाई सुशील कँडेलली पेभेलियन फर्काएका थिए।

कप्तान पारस खड्का र पृथु बास्कोटाले तेश्रो विकेटका लागि ३३ रन जोड्दै पारीलाई सम्हालेका थिए। पृथु १४ रन जोड्दै आउट भएपछि आरिफले रनको गति बढाएका थिए। उनले कप्तान पारस खड्कासंग ५.३ ओभरमा ४४ रनको साझेदारी गरे भने पाँचौ विकेटका लागि अमर सिंह राउटेला संग मिलेर ४ ओभरमा ६३ रन जोडे। कप्तान पारस ३४ बलमा २९ रन जोड्दै प्रकाश बिष्टको बलमा क्याचआउट भएका थिए।

आरीफले प्रतियोगिताकै सबैभन्दा तेज अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन जोडे। २८ बलमा अर्धशतक बनाएका आरीफले ४ चौका र ४ छक्का प्रहार गरेका थिए। पारीको अन्त्यतिर आएका अमर सिंह राउटेलाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा अविजित ३१ रन बनाए भने सौरभ खनालले पनि अविजित रहँदै ५ बलमा १४ रन जोडे।

बिराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए भने जितेन्द्र मुखिया, सन्दिप लामिछाने र प्रकाश बिष्टको नाममा १/१ विकेट रह्यो। सुरुको २ ओभर मेडन फालेका जितेन्द्रले अन्तिम २ ओभरमा ३१ रन खर्चेका थिए।

उत्कृष्ट प्रदर्शन गरेका आरीफ शेख म्यान अफ द म्याच भए

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.