default_image

8 years ago

April 21, 2017

धनगढीमा पारस र सुवाश सम्मानित

106 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको विकासमा योगदान पुर्याएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र सुदुरपश्चिमका क्रिकेट अभियन्ता सुवाश शाही सम्मानित भएका छन् । कैलालीको सदरमुकाम धनगढीदेखि झण्डै ६० किलोमिटरको दुरीमा रहेको बौनीया स्थित जगत तारा स्कुलले उनीहरुलाई सम्मान गरेको हो ।


पारस र सुवाशलाई विद्यालयका संस्थापक योगेन्द्र मल्लले अभिनन्दन पत्र सहित सम्मान गरे । जगत ताराले विद्यालयले तीन वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै कप्तान पारसले सुदूरपश्चिमाञ्चलबाट राष्ट्रिय टोलीमा ६/७ खेलाडी रहेको प्रसंग उल्लेख गर्दै विधार्थीहरुलाई भने,‘ तपाईहरु जुन खेलमा गएपनि पहिलो आफ्नो पढाईलाई ध्यान दिनुहोस् । अहिले अविभावकले पढाईसँगै खेललाई पनि महत्व दिइरहनु भएको छ । ’ धनगढी क्रिकेटको शहरको रुपमा विकसित भइरहेकाले यो क्षेत्रमा क्रिकेट गतिविधि वढ्न थालेकोले जनाउँदै पारसले थपे,‘ यसले नयाँ खेलाडी तयार पार्न मद्दत गर्दछ । ’

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष समेत रहेका सुवाशले आफुहरु क्रिकेट खेलेरै बाच्ने अवस्था श्रृजना गर्न लागि परेको बताए । उनले भने, ‘जो कोही अविभावक पनि आफ्ना छोरा छोरीलाई डक्टर, पाइलट इन्जिनियर बनाउन चाहन्छन् । तर भविष्यमा क्रिकेट खेलाडी बनाउन चाहन्छु भन्ने माहोल तयार पार्न चाहन्छौं । त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्दछ । ’

सोही विद्यालय विद्यालय परिसरमा स्थापना गरेको जेटी क्रिकेट एकेडेमीको पनि अवलोकन गरिएको थियो । पारसले केही समय क्रिकेट समेत खेलेका थिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.