8 years ago
April 21, 2017
भारत (एजेन्सी)- भारतमा जारी आईपिएलको टोली राइजिङ्ग पुने सुपरजाएन्टसले महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाएपछि सुरेश रैनाले आफु निराश भएको बताएका छन्। हाल गुजरात लायन्सका कप्तान रहेका रैनाले धोनीको कप्तानीमा राष्ट्रिय टोली र चेन्नई सुपर किंग्सबाट खेलिसकेका छन्।
यस सिजन आईपीएलमा धोनीको सर्वत्र आलोचना हुँदै आएको छ। निकै खराब फर्ममा रहेका उनले ५ खेलमा ८७को स्ट्राईक रेटमा जम्मा ६१ रन मात्र बनाएका छन्। तर रैना धोनी उक्त आलोचनाको हकदार नरहेको बताउँछन्। रैना भन्छन,” म धोनीलाई कप्तानबाट हटाउदा निकै निराश भएको छु। उनले राष्ट्र र आईपिएलको लागी धेरै गरेका छन् र संसारलाई थाहा छ उनि ठुलो इज्जतका हकदार छन्।”
रैनाले आफु धोनी लयमा फर्किनेमा विश्वस्त रहेको बताए। उनले भने,” मलाई भरोसा छ धोनीले २-३ खेल पछि राम्रो गर्नेछन्। हामीले भर्खरै ५ खेलमात्र खेलेका छौं र अब केहि समयमै सबै कुरा छर्लङ्ग हुनेछ। धोनी विश्वस्तरीय खेलाडी हुन्।”
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]