8 years ago
April 21, 2017
धनगढी (हाम्रो खेलकुद) – शनिबार हुने धनगढी प्रिमिएर लिगको फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी र शरद भेषावकर कप्तान रहेका बिराटनगर किङ्स भिड्दै छन्।
पहिलो ३ खेल हारेको चौराहाले लिग चरणका अन्तिम २ खेल जित्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो। एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको चौराहाले दोश्रो क्वालिफायरमा रुपन्देहीलाई ९२ रनले पराजित गर्यो। चौराहाको उत्कृष्ट पुनरागमनमा मुख्य भूमिका निभाएका कप्तान पारस खड्कामाथि फाइनलमा पनि त्यस्तै प्रदर्शन गर्नुपर्ने दबाब हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको बिराटनगर किङस लिग चरणमा ६ अंक जोड्दै दोश्रो स्थानमा रहेको थियो। पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनको अन्तरले पराजित गर्दै बिराटनगरले फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यी दुइ टोलीबिचको लिग चरणको खेलमा बिराटनगर २३ रनले विजयी भएको थियो। उक्त खेलमा ब्याटिङतर्फ ४६ (३२) र बलिङतर्फ ४-०-२०-३को प्रदर्शन गरेका बिराटनगरका कप्तान शरद भेषावकर म्यान अफ द म्याच भएका थिए।
फाइनल खेल शनिबार बिहान ११ बजे धनगढी स्थित एस.एस.पी क्रिकेट मैदानमा हुने।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]