8 years ago
April 21, 2017
इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको खेलमा मुम्बई इन्डीयन्सले किङ्गस ११ पन्जाबलाई ८ विकेटले पराजित गरेको छ। १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २ विकेट गुमाएर २७ बल बाँकी रहदै लक्ष्य पुरा गर्यो ।
ब्याटिङलाई समर्थन गरेको विकेटमा टस जितेर पहिले बलिङ रोजेको मुम्बईको यो आइपिएलमा किर्तिमान पनि हो। यो मुम्बईले लक्ष्य पछ्याएर जितेको अहिले सम्मको सर्वाधिक स्कोर हो। त्यस्तै इन्डियन प्रिमिएर लिगमा यो सिजनको सर्वाधिक सफल रन चेज पनि हो।
पहिलो ब्याटिङ गरेको पन्जाबले हासिम आम्लाको अविजित १०४ रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १९८ रन बनाएको थियो । ६० बलको सामाना गरेका आम्लाले ६ छक्का र ८ चौकाको मद्धतले १०४ रन बनाएका थिए । त्यस्तै आम्लासंग ८३ रनको साझेदारीमा साथ दिएका म्याक्सवेलले १८ बलमा ४० रनको योगदान दिएका थिए। मुम्बईका मिसेल म्याक्लिनघनले २ विकेट लिए भने क्रुनाल पाण्ड्या र जस्प्रित बुम्राहले १ विकेट लिए ।
१९९ रनको लक्ष्य रक्षा गर्ने क्रममा पन्जाबका डेभिड मिलरले तेस्रो ओभरमा बटलरको क्याच छुटाएपछि त्यो पन्जाबलाई महँगो साबित भयो। ३७ बलमा ७७ रन बनाएका बटलर खेलको म्यान अफ द म्याच पनि भए । त्यस्तै ओपनिङमा बटलरलाई साथ दिएका पार्थिभ पटेलले ३७ रन जोडे भने ७ छक्का प्रहार गर्दै नितिश रानाले ६२ रन बनाए। जितसंगै अंक तालिकाको शीर्षस्थानमा पुगेको मुम्बईका लागि रानाको यो सिजनको तेस्रो अर्धशतक हो। ब्याटिङलाई समर्थन गरेको खेलमा पन्जाबका मोहित शर्मा र मार्कस स्टोइनिसले समान १ विकेट लिए ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]